काम गर्न सहज होस् भन्ने उद्देश्यले डोटीका किसानलाई हाते ट्रयाक्टर वितरण

कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाएपछि आलिताल गाउँपालिकाका किसान खुशी भएका छन्।

डोटी: कृषि क्षेत्रमा काम गर्ने किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले एक गैरसरकारी संस्थाले यहाँको पूर्वीचौकी गाउँपालिकामा हाते ट्रयाक्टर वितरण गरेको छ ।

मानवीय सेवामा अनेकौँ प्रयास नामक गैरसरकारी संस्था साइन नेपालले यहाँका तीनवटा कृषक समूहलाई निःशुल्करूपमा हाते ट्रयाक्टर वितरण गरेको हो। कोषाध्यक्ष मेखराज भट्टका अनुसार पूर्वीचौकी–३ गैरागाउँमा रहेको इन्द्रेणी कृषक समूह, मालीका कृषक समूह र वडा नं ४ काडामाडौँमा रहेको भगवती कृषक समूहलाई तीनवटा हाते ट्र्याक्टर वितरण गरिएको हो ।

हाते ट्र्याक्टर पाएपछि खेती किसानीको काम गर्न अब गोरु र मान्छेको दुःख अन्त्य भएको इन्द्रेणी कृषक समूहका किसान भरत कठायतले बताए। जिल्लामा पछिल्लो सयम किसान कृषि कार्य गर्नका लागि आधुनिक औजारप्रति आकर्षित बन्दै गएका छन्। भिरालो तथा साँघुरो जमीनमा पनि काम गर्न सकिने भएकाले किसान अहिले हाते ट्र्याक्टरसहितका कृषि औजारप्रति आकर्षित बन्दै गएको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?