कोदोको लोकल रक्सी ब्राण्डिङ बनाइने

कोदो खेती

विराटनगर। कोदोको लोकल रक्सी ब्राण्डिङ बनाइने भएको छ । रक्सी ब्राण्डिङका लागि अध्ययन समिति बनाएको जनाइएको छ ।

प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले तामाको भाडामा उत्पादन गरिएका कोदोको लोकल रक्सी ब्राण्डिङ गर्ने बताएकी हुन् ।

मन्त्री राईले बुधबार प्रदेशसभामा तामाको भाडामा राष्ट्रियता बोकेको लोकल रक्सी उत्पादन गरेर ब्राण्डिङ गर्ने बताइन्।

रक्सी ब्राण्डिङ गरेर आर्थिक समृद्धिमा जोड्नको लागि लागिपर्ने बताइएको छ। राईले तामाकै भाडामा कोदोको रक्सी बनाएर अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ गर्ने बताकी हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?