बागलुङको गाउँभरि दर्जनौँं कुखुरा ,बाख्रा खाएर त्रास फैलाउने चितुवा नियन्त्रणमा

बलेवा: बागलुङ नगरपालिका–१४ नारायणस्थानका स्थानीयवासीले चितुवा नियन्त्रणमा लिएका छन्। स्थानीय भक्तबहादुर सुनुवारले कुखुराको सुरक्षाका लागि निर्माण पासोमा परेर आइतबार चितुवा नियन्त्रणमा आएको हो ।

केही दिनयता गाउँमा चितुवा पसेर दर्जनौँं कुखुरा र बाख्रा खाएपछि पासो बनाएर थापेको उनले बताए। फलामको बाकसमा तारजाली लगाएर बनाइएको सो पासोमा चितुवा फसेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

“बिहानै मलाई पनि खबर आयो, इलाका प्रहरी कार्यालयमार्फत, वन कार्यालयमा सूचना गर्यौंँ” वडाध्यक्ष चक्रबहादुर खत्रीले भने, “डिभिजन वन कार्यालयको टोलीले पनि चितुवाको व्यवस्थापन गर्न सकेन थप प्रयास भइरहेको छ ।”

वयस्क चितुवा निकै चलाख देखिएकाले प्रविधिबिना व्यवस्थापन कठिन रहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताए। नियन्त्रणमा लिइएको चितुवालाई जङ्गलमा छोड्नुपर्ने भएकाले पासोबाट निकालेर अर्को खोरमा राख्न समस्या भएको हो। चितुवा हेर्नेको भीड लागेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?