स्वादिष्ट आलु, बोडी ,तामाको तरकारी बनाउने सजिलो तरिका

आलु, तामा र बोडीको तरकारी

बाँसको तामाको तपाईं अचार, तरकारी वा सुप, के खानुहुन्छ ? जसरी खाए पनि यो स्वादिष्ट त हुन्छ नै यसले मानव स्वास्थ्यमा समेत फाइदा पुर्‍याउँछ । जाडोमा तामाको सुप खानु झनै फाइदाजनक छ ।

नेपालमा आलु–बोडी–तामाको तरकारी बढी प्रचलित छ ।

बनाउने सजिलो तरिका:
आवश्यक सामग्री :

उसिनेर टुक्रा बनाएको आलु– २५० ग्राम

कलिलो अमिलिएको तामा– १०० ग्राम

उसिनेको बोडी– १ कचौरी

अदुवा लसुनको पेष्ट– १ ठूलो चम्चा

सुकेको प्याज मझौला– २ दाना

तेल– डेढ ठूलो चम्चा

ज्वानो– १ चिम्टी

नुन खुर्सानी– आवश्यकताअनुसार

बेसार– १ चिया चम्चा

हरियो धनिया– १ सानो मुठा काटेको

जिराको धुलो– १ सानो चम्चा

बनाउने विधि :

–पेनमा तेल तताई ज्वानो फुराएर प्याज फ्राई गर्ने सुनौलो भएपछि बेसार राखेर आलु बोडी राख्ने र केही बेर फ्राई गर्ने ।

– माथिका धनिया बाहेक सबै मसला राखेर फ्राई गर्ने र थोरै पानी राख्ने ।

– केहीबेर पाकेपछि काटेको तामा राख्ने ईच्छाअनुसार रस राखी १५ मिनेट पकाउने र धनिया राखेपछि तैयार हुन्छ । तामाको तरकारीमा ज्वानो राखेमा रुगा, खोकी लाग्दैन जिउ पनि दुख्दैन ।

‘सजिलो कुकिङ’ पुस्तकबाट

बहुउपयोगी तामा : बनाउने विधि र फाइदा जानिराखौ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?