भोजपुर जिल्लामा बढ्दैछन् जडीबुटी कृषक

जडिबुटी पकेट क्षेत्र घोषणा

भोजपुर: पछिल्लो समयमा जिल्लाका स्थानीयवासी जडीबुटी खेतीतर्फ आकर्षित भएका छन्। कार्यालयले कृषकलाई प्रोत्साहन गर्नेले विभिन्न कार्यक्रमहरु सञ्चालन ल्याएसँगै यसतर्फ कृषकको आकर्षण बढेको छ ।

कार्यालयले विभिन्न खालका कृषक लक्षित कार्यक्रम सञ्चालनमा ल्याएसँगै यहाँ जडीबुटीमा लाग्ने कृषकको सङ्ख्या बढेको हो। कार्यालयले विभिन्न कार्यक्रममार्फत आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकहरुले जडीबुटी खेतीलाई व्यावसायिक रुपमा सञ्चालनमा ल्याएका हुन् ।

कार्यालयले यस वर्ष मात्र टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा, आमचोक गाउँपालिकालगायत ठाउँमा जडीबुटी विस्तार कार्यक्रम सञ्चालन गरेको हो। कार्यालयले कृषकलाई आयआर्जनमा जोड्न, सतुवा, लोठ सल्ला, चिराइतो लगायतको खेती विस्तारमा कृषकलाई प्रोत्साहन कार्यालयको भनाइ छ ।

यस वर्ष कार्यालयले गरेको कामको समीक्षा कार्यक्रममार्फत दिएको जानकारीअनुसार थप दुईओटा जडीबुटी नर्सरी विस्तार गरिएको छ। जिल्लामा ६ ओटा नर्सरीबाट एक लाख, ६४ हजार बिरुवा उत्पादन गरेको कार्यालयको भनाइ छ। कृषकलाई करिब पाँच हजार कागती, काजती लगायतका बिरुवा वितरण भएको कार्यालयले जनाएको छ। कार्यक्रमका सहभागीहरुले बर्सेनि बिरुवा वितरण गरिए पनि त्यसको उपलब्धि आउन नसकेकाले त्यसतर्फ ध्यान दिनुपर्ने राखे ।

त्यस्तै, कृषकले उत्पादन गरेको जडीबुटीको बजारीकरणमा सरकारले भूमिका खेल्नुपर्ने व्यवसायीले बताएका छन्। कार्यालयले सतुवा, टिमुरलगायत विभिन्न जडीबुटीको पकेट क्षेत्र निर्धारण गरेर काम गरिहरहेको छ। त्यस्तै, कृषकलाई थप प्रोत्साहन गर्नका लागि लाहा खेती विस्तारका लागिसमेत काम भइरहेको कार्यालयले जनाएको छ ।

त्यस्तै, जडीबुटी खेती विस्तार तथा वन क्षेत्रको विकासका लागि पञ्चवर्षीय योजना भनिरहेकाले त्यसमा छुटेका विषयवस्तुका बारेमा समेत राय सुझाव स¬ङ्कलन लिइएको छ। सहभागीहरुले जडीबुटीको उत्पादन राम्रो भए पनि भण्डारणको समस्या रहेकाले त्यसतर्फ ध्यान दिन सुझाएका थिए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?