गाउँपालिकाद्वारा किसानलाई ‘काउ म्याट’ वितरण
वाग्मती:
गाउँपालिका–५ स्थित जनजागृति बहुद्देश्यीय सहकारी संस्थामार्फत उनीहरुलाई ‘काउ म्याट’ वितरण गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको ५०, किसानको २५ र सहकारी संस्थाको २५ प्रतिशत लगानीमा ‘काउ म्याट’ खरिद गरी वितरण गरिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईले जानकारी दिए ।
यसैगरी, मकवानपुरगढी गाउँपालिका–६ स्थित डुमे्रकुनामा रु ६ करोड ५७ लाखको लागतमा १५ श्ययाको अस्पताल भवनको निर्माण शुरु भएको छ। अस्पताल भवन निर्माणका लागि स्थानीयवासी नरबहादुर स्यागङतान तथा वीरबहादुर लुगङवाले नौ रोपनी जग्गा प्रदान गरेको गाउँपालिका इञ्जिनीयर सुवास अधिकारीले बताए ।
भवन निमार्णका कार्य आर्थिक वर्ष २०७८-७९ मा सम्पन्न हुने बताइएको छ। अस्पताल नहुँदा यस क्षेत्रका नागरिकलाई उपचारका लागि हेटौँडा र चितवन जानुपर्ने बाध्यता छ । रासस
