दसैंका लागि खसी-बोका किन्दै सरकार

दसैंका लागि खसी-बोका किन्दै सरकार

काठमाडौं: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि तीन हजार खसीबोका र च्याङग्रा ल्याउने भएको छ ।

कम्पनीले गत वर्षकै हाराहारीमा खसीबोका ल्याउने भएको हो । कम्पनीले गत वर्ष ३ हजार खसीबोका र १४ सय च्याङ्ग्रा ल्याएको थियो । यो वर्ष पनि सोही संख्या बराबरको खसीबोका र च्याङ्ग्रा ल्याउने भएको कम्पनीका नायव महाप्रवन्धक श्रीमणि खनालले जानकारी दिनुभयो ।

खनालले खसीबोका तथा च्याङ्ग्रा ल्याउनका लागि ६ करोड छुट्याउने तयारी गरेको जानकारी दिनुभयो । कम्पनीले हरेक वर्ष बजार मूल्य निर्धारण गर्नका लागि चाडपर्वको समयमा सहुलियत बजार सञ्चालन गर्दै आएका छन् । त्यसैले कम्पनीले हरेक वर्ष कृषकमार्फत् खसीबोका र च्याङ्ग्रा खरिद गरी उपत्यकाबासीलाई आपूर्ति गर्दै आएका छन् । गत वर्ष पनि कम्पनीले १४ सय च्याङ्ग्रा ल्याउने तयारी गरेको थियो ।

यसैबीच कम्पनीले असोज १ गतेबाट सहुलियत बजार सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले दसैं, तिहार छठ चाडपर्व नजिकिँदै गर्दा आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै चाडपर्वमा अत्यावश्यक उपभोग्य वस्तु सहज तथा सर्वसुलभ रुपमा उपलब्ध गराउनका लागि सुपथ मूल्य असोज १ गतेबाट छठपछिको १ हप्तासम्म सञ्चालन गर्ने भएको हो । इमेजखबर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments