स्याङ्जामा स्वास्थ्यबद्र्धक खाद्यको रुपमा रहेको कोदो खेतीमा वृद्धि

कोदो खेती

स्याङ्जा : कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारिरहेका बेला यसको सकरात्मक प्रभाव पनि परेको देखिन्छ । कोरोना कहरले मानिसहरू गाउँमै रहनु, कोदो बाँदरले कमै खानेलगायतका कारणले स्याङ्जामा कोदो खेतिमा वृद्धि भएको छ ।

लागत र मेहेनत बढी लाग्ने भए पनि स्वास्थ्यबद्र्धक खाद्यको रुपमा रहेको कोदो खेतीमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका बाली संरक्षण अधिकृत सविन कार्कीले बताए । चालु वर्षमा १६ हजार ५ सय हेक्टर क्षेत्रफलमा कोदोखेति गरिएको थियोे । गतवर्षको तुलनामा यसवर्ष कोदो खेतिमा बृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा १६ हजार ४ सय ७ हेक्टर जमिनमा कोदोखेति गरिएकोमा आर्थिक वर्ष २०७८÷०७९ मा १६ हजार ५ सय हेक्टरमा कोदो लगाइएको छ । गतवर्ष उक्त क्षेत्रफलमा लगाईएको कोदो १८ हजार ४७.७ मेट्रिक टन उत्पादन भएको थियो । चालुवर्ष कादो उत्पादन पनि वृद्धि हुने अनुमान गरिएको छ ।

चालू वर्ष १८ हजार १ सय ५० मेट्रिक टन कोदो फल्ने कृषि ज्ञान केन्द्रको अनुमान छ । ज्ञान केन्द्रले गतवर्ष रैथाने बाली उत्पादन प्रोत्साहन कार्यक्रम अन्र्तगत कोदोको बिउ, सिँचाइ, व्यवस्थापन लगायतमा कृषकलाई सहयोग गरिएको बाली संरक्षण अधिकृत कार्कीको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले कोदो विषेश नै भनेर कार्यक्रम नल्याए पनि चालूवर्ष बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन गरिने कार्यक्रम रहेको उनको भनाइ छ । अन्य बालीको समस्या लिएर कृषकहरू ज्ञानकेन्द्रमा आउने गरेपनि कोदो बालीमा कुनै समस्या तथा गुनासो नआएको केन्द्रको भनाइ छ ।

पछिल्लो समय बजारीकरणले गर्दा गाँउघरका कोदो खेती हुने बारीहरू बाँझै हुन थालेका छन् । अन्य बालीको तुलनामा कोदोलाई धेरै मेहेनत चाहिने, आवश्यक जनशक्ति पनि नपाउँने कारण अन्य बालीको तुलनामा कोदोखेति भने कम नै हुने गरेको छ ।

स्वास्थ्यका दृष्टिकोणले कोदोको परिकार लाभदायी हुने भए पनि गाउँघरमा यसको प्रयोग कम हुँदै जाँदा सहर बजारका होटल, रेस्टुरेन्टमा कोदोको परिकार पाक्ने गरेको र बजार क्षेत्रमा कोदोको परिकारको उपयोग बढेको देखिन्छ । कारोबार दैनिकमा खबर छ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments