आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागले वल्खुमा वृक्षरोपण

वृक्षरोपण

काठमाडौँ: त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको बल्खुस्थित जग्गामा आज वृक्षरोपण गरिएको छ ।

विभागका लागि निर्धारण गरिएको जग्गामा आज रुद्राक्ष, कपुर, एभोकाँडो, तेजपत्ता, कडिपत्ता, अमला, अम्बा, काभ्रो, चिराइतोलगायत दुई सय जातका बिरुपा रोपिएको हो ।

करिब चार रोपनी जग्गामा बन्ने उक्त भवन रु २१ करोड ५५ लाखको लागतमा निर्माण हुँदैछ। त्रिविका मानविकी तथा समाजशास्त्र सङ्कायका डीन डा कुसुम शाक्यले शुभारम्भ गरेको सो कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानका डीन डा वीरबहादुर खनाल, विभागका प्रमुख प्रा चीरञ्जीवी खनाल, भवन निर्माण समितिका संयोजक उपप्राध्यक देवराज अर्याललगायत वृक्षरोपणमा सहभागी भएका थिए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments