प्रबल जनसेवाश्री विभूषण :किसान प्रति अपमान,कालोसूचीमा परेका ठेकदारलाई समेत पदक

काठमाडौं : यो वर्ष सरकारले ९ सय ३ जनालाई विभिन्न मानपदवी, अलङ्कार र विभूषणबाट सम्मान गर्ने भएको छ । सरकारले संविधान दिवसको अवसर पारेर आइतबार मानपदवी, अलङ्कार र विभूषण प्राप्त गर्ने व्यक्तिको सूची सार्वजनिक गरेको हो । यसपटक पनि पदक वितरणको मामिलामा सरकार यसअघिका वर्षहरूमा झैं विवादमा फसेको छ ।

सरकारले सार्वजनिक गरेको पदक प्राप्त गर्ने व्यक्तिको सूचीमा कालोसूचीमा परेका एक व्यवसायीको नाम पनि परेको छ । सरकारबाट मल ल्याउने ठेक्का पाएर पनि मल नल्याएको आरोपमा कालोसूचीमा परेको होनिका मल्टिपल प्राइभेट लिमिटेडका सञ्चालक हुमनाथ कोइरालाको नाम पनि परेको छ ।

ठेकेदार कोइरालाको नाम प्रबल जनसेवाश्री विभूषण प्राप्त गर्ने व्यक्तिको सूचीमा परेकोे छ । होनिका मल्टिपललाई गत साल भदौमा कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?