राम्रो आम्दानी हुने भएपछि अकबरे खुर्सानी खेतीतर्फ कृषकको आकर्षण

झाडी हटाएर खोर्सानी खेती

भोजपुर : पछिल्लो समयमा भोजपुरका कृषकमा खुर्सानी मोह बढ्न थालेको छ । अन्य खेतीभन्दा खोर्सानी खेतीबाट राम्रो आम्दानी हुने भएपछि कृषक यसतर्फ उत्साही बनेका हुन् ।

खोर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको कृषक सीताराम प्रधान बताउँछन् । तर यस वर्ष भने गत वर्षहरू भन्दा रोगका कारण कम उत्पादन भएको कृषकहरूको भनाई रहेको छ । कृषकहरूले उत्पादन गरेको खोर्सानी जिल्लामा मात्र नभएर धरान हुँदै बाहिरी जिल्लामा समेत ढुवानी हुने गरेको छ । कृषकका अनुसार राजधानी काठमाडौँ लगायतका ठाउँबाट समेत खुर्सानीको माग आइरहेको छ ।

खोर्सानीबाट अन्य बालीनालीबाट भन्दा राम्रो आम्दानी भएपछि कृषकहरू अन्य बाली छोडेर खोर्सानीमा आकर्षित भएका छन् । मकै, कोदो, आलुलगायत बालीनाली लगाउँदै आएका कृषकले परम्परागत बालीनाली छोडेर अकबरे लगाउन थालेको स्थानीय नीरकुमार प्रधानको भनाई रहेको छ ।

दुर्गम गाउँमा यातायातको समस्या भएकाले ढुवानीमा धेरै खर्च हुने हुँदा कृषकले अझै उचित मूल्य नपाएको गुनासो छ । धरानसम्म प्रतिकेजी ३० रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको अगुवा कृषकहरूको धारणा छ ।

खोर्सानी अन्य बालीनालीभन्दा स्याहारसुसार गर्न सजिलो र बजार राम्रो भएकाले आम्दानी पनि राम्रो भएकाले भोजपुरमा पछिल्लो समय अकबरे खुर्सानीतर्फ आकर्षण बढेको छ । भोजपुरको षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङ लगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती हुने गरेको छ । भोजपुरमा अकबरे खुर्सानी राम्रो सम्भावना रहेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments