किसानलाई राहत रकम वितरण

सहुलियतपूर्ण कर्जामा युवाको बढ्दो आकर्षण

चितवन: रत्ननगर नगरपालिकाले वर्षाले धान क्षति भएका किसानलाई राहत वितरण सुरु गरेको छ। नगरपालिकाले दुई हजार किसानलाई झण्डै रु ९० लाख राहत वितरण गर्ने गरी काम अघि बढाएको छ। गत असोज २९, ३० र ३१ गतेको वर्षाले किसानको भित्र्याउने बेलाको धानमा क्षति गरेको थियो ।

सो नगरपालिकाले वडा नं १ बाट राहत वितरण सुरु गरेको छ। नगरप्रमुख नारायण वनले वडा नं १ का किसान ब्रमा चौधरीलाई राहत रकम सोमबार हस्तान्तरण गरेर वितरण कार्यक्रमको औपचारिक सुरुआत गरेका छन्। उनका अनुसार सबै वडामा वितरण गर्ने गरी रकम पठाइसकिएको छ ।

रत्ननगरमा किसानको दुई कठ्ठादेखि साढे पाँच बिघासम्मको धानमा क्षति पुगेको छ। वर्षाले १६ वडामा दुई हजार किसानको ९०० बिघा धानखेती पूर्णरूपमा क्षति भएको छ। प्रतिबिघा रु १० हजारका दरले रु ९० लाख राहतस्वरुप वितरण हुने कृषि शाखा प्रमुख प्रवीण लामाले जानकारी दिए ।

धान काटेर निइन लगाएको र पानीले भिजेको धानको मात्र राहत प्रदान गरिएकोउनले बताए। सबैभन्दा धेरै वडा नं ५ टरौलीका किसान चामुनारायण चौधरीको पाँच बिघा १० कठ्ठा क्षेत्रफलमा लगाएको धानखेती कुहिएर नष्ट भएको छ। उनले वडा कार्यालयबाट रु ५५ हजार राहत रकम प्राप्त गर्नेछन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?