माला आयात : तिहार नजिकिएसँगै कृत्रिम मालाको बिगबिगी

कञ्चनपुर : नेपालीहरूको महान् पर्व तिहार नजिकिएसँगै कञ्चनपुरमा फूलको कृत्रिम मालाको बिगबिगी बढेको छ । सयपत्री, मखमली, गोदावरीलगायतका फूलहरूको व्यावसायिक उत्पादन नभएको कारण भारत र चीनबाट फूलको कृत्रिम माला आयात गरिएको हो ।

कञ्चनपुरको मुख्य बजार महेन्द्रनगरमा रङ्गीबिरङ्गी फूलको कृत्रिम मालाहरू विक्रीका लागि राखिएका छन् । सालिक चोक लगायतका स्थानमा कृत्रिम मालाहरू बिक्रीका लागि राखिएका छन् । भने मालाहरू किन्नेहरूको समेत घुइँचो छ ।

यस्तै तिहार नजिकिएसँगै भाइ मसला, सप्तरङ्गी टीका, काजु, किसमिसलगायत तिहारमा आवश्यक सामाग्रीले पसलहरू भरिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?