वीरगंज नाकाबाट २ अर्ब ५७ करोडभन्दा बढीको भाइ मसला भित्रियो

बीरगंज : मुलुकको प्रमुख नाका वीरगन्ज भन्सार आइसिपी तथा सिर्सिया सुख्खाबन्दरगाह भन्सार नाका हुँदै विगत केही समययता तिहारलाई लक्षित गर्दै झण्डै दुई अर्ब ५७ करोड भन्दा बढी मूल्यको सुख्खा फलफूल, मिठाई तथा भाइ मसला आयात भएको छ ।

कोरोना सङ्क्रमणका कारण गत आर्थिक बर्ष २०७७र०७८ मा आयात निर्यात व्यापार प्रभावित भइरहेको बेला यता चालु आर्थिक बर्ष २०७८र०७९ को ३ महिनामा सुख्खा फलफूल, मिठाई तथा भाइ मसालाको आयात भने वृद्धि भएको छ ।

गत आर्थिक बर्ष २ अर्ब ५ करोडको आयात भए पनि यस बर्ष २ करोड ५७ लाखभन्दा बढीको आयात भएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

यसैगरी, यस बर्ष तिहारमा घर झिलिमिली बनाउनका लागि ७५ करोड मूल्य बराबरको बत्ती आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज भन्सार कार्यालय तथा ड्राईपोर्ट सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जले दिएको तथ्याङ्क अनुसार भारत, भियतनाम, अमेरिका, चीन, चिली, इण्डोनेसिया, मलेसिया, थाइल्यान्ड, पाकिस्तान, भुटान, ग्वाटेमाला लगायत मुलुकबाट दुई अर्ब २ अर्ब ५७ करोड ८० लाख रुपैयाँ बराबरको काजु, किसमिस, पेस्ता, अलमन्ड बदाम, नरिवल, छोकडा, सुपारी, मखन लगायत विभिन्न ब्रान्डका ड्राई मिठाई तथा चकलेट आयात भएको छ ।

बिशेषगरी तिहारमा भाइ मसलाको लागि प्रयोग गरिने मिठाई तथा ड्राई फलफूलहरू स्वदेशमै उत्पादन नहुँदा चाडबाडमा विभिन्न मुलुकबाट मिठाई तथा ड्राई फलफूलहरू आयात हुँदै आएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनुभयो ।

सामान्य दिनभन्दा भाइ टिकामा भाइ मसलाको अत्यधिक प्रयोग हुने गर्दछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?