सहकारी अभियान: आफ्ना सदस्यलाई तरकारी र दूधमा आत्मनिर्भर बनाउने

दूध उत्पादन

वालिङ : सहकारीले सहकार्यका आधारमा आफ्ना सेयर सदस्यको आर्थिक स्तरोन्नती गर्नुपर्ने हो, तर यहाँ धमाधम खोलीएका सहकारीहरु सेयर सदस्यको आर्थिक स्तरोन्नती भन्दापनि नाफामुलक ढंगले सञ्चालन भएका छन् । सहकारीहरुले सेयर सदस्यको समाजिक, आर्थिक र सहकार्यमा चासो नदिएका बेला दुई वर्ष अगाडी स्थापना गरिएको सहकारीले आफ्ना सेयर सदस्यलाई तरकारी र दूधमा आत्मनिर्भर बनाउने भन्ने अभियान सुरु गरेको छ ।

अकलानमुना साना किसान सहकारीले आफ्ना सेयर सदस्यलाई तरकारी खेती र दूधमा आत्मनिर्भर बनाउन अभियान सुरु गरेको हो । नमुना साना कृषक र अकला कृषि सहकारीबाट छुट्टाछुट्टै कार्य सञ्चालन गर्दै आएका दुई सहकारी मर्जर भएपछि यो अभियानलाई शुरुवात गरेको छ ।

वालिङ नगरपालिका र गल्याङ् नगरपालिकाका केही वडाहरुका कृषकलाई सहकारीमा आबद्ध बनाएर उनीहरुको आर्थिक उपार्जनमा टेवा पुग्ने खालका कार्यक्रम गर्दै आएको सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताए । तरकारीमा आत्मनिर्भर बनाउन सहकारीले २ हजार कृषकलाई मौसमी अनुसारको गुणस्तरीय बिऊविजन वितरण गरेको अर्यालले बताए ।

तरकारी र भैंसी पालन व्यवसाय वालिङ र गल्याङ्मा सफल हुने देखिएपछि सहकारीले दूध र तरकारी खेती लगाउन कृषकलाई अभिप्रेरित गरेको छ । कृषकले लगाएको तरकारी र दूधको बिक्रीका लागि बजारको व्यवस्थासमेत सहकारीले जिम्मेवारी लिने भएपछि कृषकहरु दुवै व्यवसायमा आकर्षित भएका छन् ।

सहकारीले दूध डेरी सञ्चालन गर्दै कृषकको दूध खरिद गरिदिएको छ । भैंसी र गाईपालन गर्ने कृषकको पुश बिमादेखि उनीहरुले उत्पादन गरेको दूध खरिद गरिदिने व्यवस्था मिलाएको सहकारीका कर्जा प्रमुख लक्ष्मी रेमीले बताइन् । उनका अनुसार दूध डेरीमा दूध बिक्री गरे बापत पाउने ४ लाख १६ हजार रकमसमेत कृषकले अनुदान पाइसकेका छन् ।

कृषकलाई कागती, अदुवा र घाँसको बिऊसमेत वितरण गरेको रेग्मीले बताइन् । “हामीले सहकारीका सेयर सदस्यलाई बिऊविजन वितरण मात्रै गरेका छैनौ” उनले भनिन्, “कृषकलाई चाहिने सीपमुलक तालिम, आवश्यक सुझाब उपलब्ध गराएका छौं ।” कतिपय कृषकलाई सरकारबाट आउने अनुदानको प्रक्रियामा समेत पुलको काम पनि गरेको उनको भनाइ छ ।

सहकारीले कृषकलाई हालसम्म ३ करोड २५ लाख सस्तो ब्याजदरमा लगानी गरेको जनाएको छ । सहकारीले आफ्ना सेयर सदस्यलाई आत्मनिर्भर बनाउने अभियान सुरु गर्ने हो भने रोजगारी माध्यमहरु बढ्न सक्ने स्थानीय बताउँछन् ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments