माछा लोड गरिएको गाडी प्रहरी नियन्त्रणमा

वीरगञ्ज : भन्सार छली नेपाल भित्र्याएको माछा लोड गरिएको एउटा पिकअप गाडीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार फेटा गाउँपालिका–१ बाट प्रहरी गस्ती टोलीले उक्त सामानसहितको गाडी नियन्त्रणमा लिएको थियो । माछा तथा माछा ओसार्न प्रयोग गरेको गाडीसहित भन्सार मूल्य रु सात लाख बराबरको मूल्याकङ्न गरी बा४च ६०९१ नंको पिकअप गाडीसमेतलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । रासस

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments