यस्ता छन् तरुल खानुका फाइदा

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले हरेक वर्ष माघ १ गतेलाई माघे सङ्क्रान्तिका रुपमा मनाइन्छ। यस दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुल आदि खाने चलन छ।

यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो।

यी परिकारमध्ये तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा पनि छ। नेपाली उखानै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात् पुसमा पकाएर माघमा खाने।

मौसमको फल अर्थात पर्व विशेष मानेर तरुल खानेहरु पनि हुन्छन् । जसले जे–जसरी खाए पनि तरुल स्वास्थ्यको लागि लाभदायक खाद्य पदार्थ हो ।

कोरिया र जापानमा सदियौंदेखि यसलाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरिँदै आएको छ । यसका केही फाइदाहरु यसप्रकार छन्

-छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो

-यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ ।

-तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटु सम्बन्धी समस्या हुनबाट जोगाउँछ ।

-यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।

-तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ ।

-यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments