विद्यु सर्ट भएर साबुन उद्याेगमा आगलागी, ५० लाखको क्षति
सप्तरी :
सुनिलकुमार साह र प्रमोदकुमार साहले संयुक्त रूपमा संचालन गर्दै आएको साबुन उद्याेगमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
आगलागीबाट उद्याेगमा रहेका १२ सय काटुन तयारी कपडा धुने साबुन र १ हजार बोरा तयारी सर्फ लगायत सामाग्री पूर्ण रूपमा जलेर नष्ट भएपछि ५० लाख बराबरको क्षति भएको हो ।
