आगलागीबाट एक बिघाहामा लगाएको लाखौँको उखुबाली नष्ट

कञ्चनपुर:बेलडाँडी गाउँपालिका–३ का किसान नारायण चौधरीको काट्नका लागि तयारी अवस्थामा रहेको उखुबालीमा आज अचानक आगलागी हुँदा लाखौँको क्षति भएको छ । दिउँसो करिब ३ बजेको समयमा एक बिघा जग्गामा लगाइएको उखुबालीमा आगलागी भएको हो । आगलागी हुँदा रु दुई लाखभन्दा बढीको क्षति भएको पीडित चौधरीले बताउनुभयो ।

आगलागीका कारण भने खुल्न सकेको छैन । उखुबारीमा आगोको मुस्लो उठ्न थालेपछि स्थानीय बासिन्दाको निकै प्रयासपछि आगो निभाइएको थियो । “उखु काट्नका लागि योजना बनाउँदै थियौँ”, चौधरीले भन्नुभयो, “आगलागी हुँदा वर्षभरिको मेहेनत खेर गएको छ । आगलागीले उखुका बोट पूरै सुकेका छन् ।”(रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?