आज देशभर सामान्यतया मौसम सफा रहने

काठमाडौँ: आज पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम सात दशमलव पाँच र अधिकतम तापक्रम २० दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments