भारतसँग खरिद गरिने मलको मूल्य निर्धारण गर्न ९ सदस्यीय कार्यदल सिफारिस

किसान मोर्चा

काठमाडौँ :भारतसँग रासायनिक मल खरिदका लागि भएको सम्झौता अनुसार मलको मूल्य निर्धारण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ९ सदस्यीय कार्यदल सिफारिस गरेको छ। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विकास महाशाखा प्रमुख सहसचिव कमलराज गैरेले नेतृत्व गर्नेगरी कार्यदल गठनको सिफारिस मन्त्रिपरिषद्मा पठाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

समितिमा अर्थ, वाणिज्य, गृह, कानुन लगायतका मन्त्रालयबाट एक/एक जना प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठनको प्रस्ताव गरिएको कृषिमन्त्री महेन्द्रराय यादवले जानकारी दिनु भयो। मन्त्रिपरिषद्ले कार्यदलको टुङ्गो लागेपछि कार्यदलले भारतीय पक्षसँग नेपालले किन्ने रासायनिक मलको मूल्यबारे वार्ता र छलफल गरेर अन्तिम निर्णयमा पुगिने मन्त्रालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments