काठमाडौं विश्वकै प्रदूषित सहरमध्ये पहिलो नम्बरमा,वायु प्रदूषणले तीन खर्ब नोक्सान हुने

काठमाडौं: काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदूषणयुक्त सहर बनेको छ । सोमबार साँझसम्म काठमाडौंको प्रदूषण १५५ एक्यूआई देखाएसँगै विश्वको प्रदूषित सहरमध्ये पहिलो नम्बरमा काठमाडौं देखिएको हो ।

राष्ट्रिय योजना आयोगले प्रदूषणका कारण मुलुकमा पर्ने वित्तीय भारको विषयमा अध्ययन गर्ने प्रतिबद्धता जनाएको दुई वर्ष बितिसक्दा पनि अध्ययन भने सुरु भएको छैन । आधिकारिक रुपमा वायु प्रदूषणका कारण नेपालमा पछिल्लो समय परेको वित्तीय भारको विषयमा अध्ययन हुन नसके पनि वायु प्रदूषणका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष गरी नेपालमा १३० मिलियन अमेरिकी डलर (करिब १ खर्ब ३० अर्ब) नोक्सानी भएको विश्व बैंकको २०१५ को तथ्यांकले देखाएको छ । सन् २०३० सम्ममा नेपालमा वायु प्रदूषणको वित्तीय भार २५६ मिलियन अमेरिकी डलर (करिब तीन खर्ब) पुग्ने विश्व बैंकको अनुमान छ ।

वनजंगलमा लाग्ने डढेलो, कृषकले खेतीबारीमा जलाउने कसिङ्गर, धुलोधुवाँ र पश्चिमी तथा पूर्विय वायु सक्रिय हुन नसक्दा काठमाडौंमा प्रदूषण बढ्दै गइरहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति तथा वातावरणविद् डा. सुनिलबाबु श्रेष्ठले बताए । उनले बढ्दै गएको वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा पर्ने असर तथा सेवा प्रभावित हुँदा आर्थिक क्षति पनि बढ्ने तर्क गरे ।यो समाचार आजको कारोबार दैनिकमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?