बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्न कृषक समूहलाई बाख्रा वितरण

बोयर बोका

नवलपुर:नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले वडा नं ३ मा बाख्रा वितरण गरेको छ । नगरपालिकाले बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि उन्नत जातका बाख्रा वितरण गरेको हो ।

नगरपालिकाले वडा नं ३ को ढोडेनीमा समूह गठन गरेपछि बिहीबार उन्नत जातका बाख्रा वितरण गरेको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डा प्रमोदकुमार पौडेलले बताउनुभयो । पौडेलकाअनुसार चार कृषक समूहलाई बाख्रा वितरण गरिएको हो । सो समूहमा प्रतिसमूह एउटाका दरले चार समूहलाई चार बोयर (५० प्रतिशत) जातको बोका तथा समूहमा आबद्ध ४८ महिलालाई उन्नत जातका बाख्रा वितरण गरिएको पशु चिकित्सक पौडेलले बताउनुभयो ।

बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि बाख्रा वितरण गरिएको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभयो । गैँडाकोटको वडा नं ३ र १८ मा बाख्रापालनको सम्भावना राम्रो भएको उल्लेख गर्दै नगरप्रमुख पौडेलले यी वडालाई बाख्राको पकेट क्षेत्रका रुपमा घोषणा गरिएको बताउनुभयो । मासुको पकेट क्षेत्रका रुपमा विकास गर्दै स्थानीयको आयआर्जन वृद्धिका लागि नगरपालिकाले बाख्रा तथा बोका वितरण गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाले वडा नं ३ मा यसअघि नै कृषक समूह गठन गरेर समूहका सदस्यलाई माउ बाख्रा तथा समूहमा रहने गरी बोका वितरण गरेको हो । उन्नत जातका बाख्रा वितरणपछि गैँडाकोटको वडा नं ३ मा बाख्राको प्रवद्र्धन हुन्छ भन्ने नगरपालिकाको उद्देश्य रहेको नगरप्रमुख पौडेलले बताउनुभयो । बाख्रा प्रवद्र्धन कार्यक्रमलाई आयआर्जनसँग जोडेर आगामी दिनमा यी बाख्राबाट धेरै उत्पादन गर्नेगरी अगाडि बढ्न नगरप्रमुख पौडेलले आग्रह गर्नुभयो । (रासस

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments