एमालेको घोषणापत्र: हरेक घरलाई दाउरा, गुइँठा र धुवामुक्त गर्ने

काठमाडौं :नेकपा एमालेले हरेक घरलाई दाउरा, गुइँठा र धुवामुक्त गर्ने भएको छ ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा सार्वजनिक गरेको स्थानीय तह निर्वाचनको घोषणा पत्रमा एमालेले हरेक घरलाई दाउरा, गुइँठा र धुवामुक्त गर्ने जनाएको हो ।

‘खाना पकाउन र घरायशी प्रयोगका लागि किफायती उर्जा उपलब्ध गराउने,’ घोषण पत्रमा भनिएको छ, ‘हरेक घरलाई दाउरा, गुइँठा र धुवामुक्त गर्ने ।’

यस्तै, पालिकाहरूलाई पूर्ण साक्षर घोषणा गर्ने, निरोगी नेपाल निर्माण गर्ने, दुई वर्षभित्र हरेक घरमा धारा पुर्याएर पानीको सहज आपूर्ति गर्ने, चालिस माइक्रोनभन्दा मुनिको प्लास्टिक प्रयोगमा पूर्ण निषेध गर्ने लगायतका प्रतिबद्धता एमालेले गरेको छ ।

त्यसैगरी, प्रत्येक नागरिकका घरमा विद्त् सुविधा उपलव्ध गराउने, विपन्न परिवारलाई घरायशी प्रयोगको विद्युत् निःशुल्क उपलब्ध गराउने, भमिू गत र लिफ्ट सिंचाइ आयोजनामा प्रयोग हुने विद्युत् शुल्क घटाउने विषय पनि घोषणा पत्रमा समेटिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?