हेपिएको शब्द किसान अनी भोट ! कहिले सम्म बेचिने ?

सायद सबैलाई लाग्छ कि नेपाल कृषि प्रधान देश । अनी पत्याउनु हुन्छ जहाँ झण्डै ६५ प्रतिशत कृषि पेशामा आबद्ध जनताका घरघरमा अत्यावश्यक पर्ने दैनिक उपभोग्य बस्तु दाल, चामल,तरकारी,तेल खर्बौ रुपैयाको आयात हुन्छ अनी लाखौंको संख्यामा युवा पुस्ता निर्यात ।

व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५० अर्ब ९७ करोड रुपियाँको चामल आयात भएको हो। यस्तै, सो अवधिमा ६६ अर्ब २५ करोड रुपियाँको मकै र ३३ अर्ब ९० करोड रुपियाँको गहुँ आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

त्यसै गरी चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयात आकाशिएको छ । आर्थिक वर्ष २०७७/७८ को (फागुन) मसान्तमा ११ अर्ब ५२ करोड ९५ लाख ९७ हजार रुपैयाँ मूल्य बराबर आलु, प्याज र गोलभेँडा भारत, चीन, बङ्गलादेश तथा इन्डोनेशियाबाट आयात भएको हो । यी त केवल उदारण हुन :

वार्षिक खर्बौ रुपैयाको आयात गरेर खाने बानी हामी नेपालीमा परिसक्यो । नेपाली किसानले उत्पादन गरेको अनाजहरुले सहि मुल्य कहिल्यै पाउन सकेनन् आयातित बस्तुको हालिमुहाली सधैं रह्यो ।

नेपाली किसानको दु:ख मेहेनतलाई न राज्यले बुझ्न सक्यो न त उपभोक्ताले नै यहाँ कसैलाई किसानको मतलव नै भएन अनी बिचरा ति किसान आफ्नै खेत बारीमा सडाउन वाध्य भएका समाचारका हेडलाइनले आज सम्म कसैलाई छुन सकेन अनी महँगो ब्याज तिर्ने सर्तमा रिण काडेर लागे खाडी मुलुक तिर ।

अब फेरी चुनाव घर गाउ टोल टोलमा लागिसक्यो नेता र तिनका २/४ जना आसेपासे किसानका खेत बारीमा गएर नौटन्की देखाएर कोही घास बोक्ने,कोही कोदाली समाउने फुल माला लगाएर हलो जोत्ने र फोटो खिचेर सामाजिक सन्जाल रङिन बनाउन थालिसके ।यो उनिहरुको बर्षौ देखिको चुनावी दैनिकि भै सकेको छ ।

अनी हामी किसान अब पनि नसोच्ने त ?

• बिहान ४ बजे उठे देखी बेलुका ८ बजे सम्म हलो जुवा बोकेर ,घास दाउरा,कुटो कोदालो खन्ने,गाई बाख्रा कुखुरा गोठालो गर्ने तपाईं हामी किसानको खेत बारीको लागि कुनै पार्टिका नेता र तिनका कार्यकर्ताले आज सम्म के के सहयोग गरे ?

• तपाईंले उत्पादन गर्नु भएको अनाजले सहि मुल्य अहिले सम्म पायो कि पाएन ?

• तपाईंलाई राम्रो बिउ बिजन गुणस्तरको बारेमा घर खेतमा आएर कुनै प्राबिधिकले अहिले सम्म कुनै कुरा बुझाए कि नै ?

• कृषि अनुदानको बारेमा जानकारी दिन कोही आए या थाहा भएर पनि तपाईं कार्यालय जादा कतिले फनफन् घुमाएर रित्तो हात फर्किनु पर्‍यो कि नै ?

• तपाईंको उत्पादनले बजार नपाएर हजारौ टन माछा, तरकारी फलफुल खेत बारीमा खाडल खानेर पुर्दा/कुहाउदा कसैले देख्यो कोही आयो सहयोग गर्न ? केही पाउनु भयो त तपाईंले राज्यबाट ?

• तपाईंले दु:ख गरेर अहिले सम्म के के पाउनु भयो जबकी तपाईंले उत्पादन गरेको बस्तु बेचेर /आयात गरेर बेच्ने अहिले करोडौको महल गाडीमा सवारी गर्ने हैसियत कसरी बनाए ?

• अझै धेरै कुराहरु तपाईं हामी किसानलाई थाहा नै छ !! के अझै पनि हामी ट्वाल्ल परेर नेता र तिनका कार्यकर्तासँग डराएर या यती पुस्ते हामी यो पार्टि को मान्छे भन्दै ति र त्यस्ता पात्रहरुलाई जिताइरहने कहिले सम्म ?

• सोच्नुस् त तपाईं हामीले गल्ती गरिरहदा हाम्रा आउने पुस्ताको हालत कस्तो होला ? खेत बारी कस्तो होला ?

सोच्नुस् त ,
अहिले नसोचे कहिले सोच्ने हामीले नसोचे कस्ले सोचिदिने ?

किसान शब्दको नाममा कहिले सम्म राजनीति गर्न दिने?कहिले सम्म हाम्रो भोट बेचिरहने ?कहिले सम्म हेपिरहने किसानलाई ?

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments