बाख्रा चराउन गएकी १७ वर्षीया किशोरी मृत फेला

ताप्लेजुङ : बाख्रा चराउन जंगल गएकी युवती मृत भेटिएकी छन् । फुङलिङ नगरपालिका ३ सिम्लेकी १७ वर्षीया सर्मिला भट्टराई मृत भेटिएको सिम्ले प्रहरी चौकीले जनाएको छ ।

आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी बेलुका साँझसम्म नफर्किएपछि परिवार खोजीमा निस्किएका थिए । बाख्रा बाटोमा भेटेपछि सशंकित उनीहरुले खोजी गर्ने क्रममा राति १० बजेतिर मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयले जनाएका छन् ।

उनको शव डेढ सय मिटर धसारिएर झरेको पाइएको मृतकका आफन्त विष्णु भट्टराईले जनाए । जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?