बजेटमा कृषि : कृषि बाली र पशु बीमाका लागि रु ७६ करोड रकम विनियोजन

काठमाडौं :सरकारले कृषि बाली र पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै सरकारले कृषि बाली र पशु बीमाकोलाई अनुदान उपलब्ध गराउन रु ७६ करोड रकम विनियोजन गरेको जानकारी दिए ।

कृषिमा आत्मनिर्भरताका लागि गुणस्तरीय बीउबिजनमा क्रमशः आत्मनिर्भर बनाउँदै लगिने भएको छ । पशुपक्षी महामारी रोग नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।

पशु नश्ल कार्यक्रमअन्तर्गत उत्पादन र उत्पादकत्व वृद्धि गर्न पशु प्रजनन कार्यालयको संस्थागत क्षमता विकास गर्न मुलुकमा ५१० स्थानीय तहमा कृषि गर्भाधान सेवा उपलब्ध गराइने भएको छ ।

कुखुरालगायत पशुपक्षीको खोप आयातमा सहजीकरण गरिने भएको छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments