गाेलभेडा सखाप पार्ने टुटा किरा राेकथामका उपायहरू

टुटा अब्सुलुटा Tuta absoluta

याे एक किसिमकाे गाेलभेडामा लाग्ने हानिकारक किरा हाे । याे नेपालमा पहिलाे पटक २०७२ साल असार महिनामा काठमाडौंकाे साँखुको खुलटार स्थित कमल श्रेष्ठको फर्म बाट शुरू भएकाे किरा अहिले नेपालकाे ३० भन्दा बढी जिल्लामा फैलि सकेकाे छ ।

याे किरा धेरै किसिमकाे रासायनिक बिषादि पचाउन सक्ने किरा भएकाे कारणले गर्दा यसकाे राेकथाम अरू किरा जस्तै राेकथाम गर्न गाह्राे हुन्छ ।

याे किराकाे सुरूकाे लार्भाले सबै भन्दा माथिकाे मुन्टा बेर्ने काम गरेर लार्भाले कलिलाे मुन्टा, पात खान शुरू गर्दै जान्छ । पात झिलिझिलि बनाएर खान्छ र कलिलाे फलमा मसिनाे प्वाल बनाएर लार्भा भित्र पसेर फल खान थाल्छन् । याे किराले केही दिनमै सम्पूर्ण बाेट, पात र फल नष्ट गर्ने हुँदा समयमा मै ध्यान पुर्याउनु पर्दछ ।

राेकथामका उपायहरू

• नर्सरीकाे अवस्थामै फेराेमाेन ट्रयाप राख्नु पर्दछ । उक्त ट्रयापमा राखिने ल्युर लाई टुटा ल्युर भनिन्छ । फाेटाेमा देखाएझै ३-४ लिटरकाे प्लाष्टिककको भाँडामा २-३ लिटर पानी भर्ने , खाने तेल २ बिर्काे पनि पानीमा राख्ने । त्यस पछि टुटा ल्युर पानीकाे सतह भन्द दुई ईन्च माथि जि आई तारले बेरेर झुण्डयाउने । यसाे गर्दा सबै भाले टुटा किरा ल्युर नजिक आएर पानीमा खसेर मर्छन । प्रत्येक ७ दिनमा पानी र तेल फेर्नु पर्छ । यहि टुटा ल्युर बिरुवा सारे पछि प्रती राेपनी २-३ वटा दरले टनेल भित्र वा खुल्ला गाेलभेडा लगाएकाे जमिनमा राख्नु पर्छ । प्रत्येक ४५-६० दिनमा ल्युर फेर्नू पर्छ ।

• जैबिक तरिका बाट पनि याे किरा कम गर्न सकिन्छ । जैबिक बिधीमा बि.टी. (Bacillus thuringiensis) = ५ एम.एल प्रति लिटर पानीमा मिसाएर साँझ पख बाेट भिज्ने गरि छर्नु पर्दछ । याे तरिका शुरूकाे अबस्थाकाे दुई चरणकाे लार्भालाई मात्र काम गर्ने हुँदा शुरू देखि नै याे जैबिक बिषादी प्रयोग गर्नु पर्दछ ।

• Emamactin Benzoate 5% =५-८ एम.एल वा ५-१० ग्राम प्रति १६ लिटर पानीमा अन्य किराकाे विषादी मिसाएर स्प्रे गर्नु पर्दछ । याे बिषादि माथिकाे बिषादिकाे १०-१५ दिनकाे alternate मा स्प्रे गर्दा राम्रो हुन्छ ।

• राेग लागेकाे फल जम्मा गरेर नष्ट गर्ने । जथाभावी फ्यालेमा याे किराकाे प्रकोप झन् बढी हुन्छ ।

थप जानकनरीकाे लागि किसान केयरका कन्सलटेन्ट सँग परामर्श लिन तल दीइएको नम्बरमा सम्पर्क गर्नु हुन अनुराेध गर्दछौं ।
सम्पर्क न : 9851321737

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments