रातो खपटे कीरा नियन्त्रणका उपायहरू

काँक्रा तथा फर्सी वर्गका तरकारी बालीमा रातो खपटे किराले ठूलो क्षति पुर्‍याउने गर्दछ । चम्किलो इँटा रङ्गको पखेटा र शरीरको तल्लो भाग कालो हुने यो वयस्क किराले पातको तल्लो सतह कोत्रेर खाने र पातमा थुप्रै प्वालहरू बनाउने गर्दछ ।

यस किराको प्रभावकारी नियन्त्रणका लागि बिहान सबेरै उठेर हात वा नेटको सहायताले किराहरू संकलन गरी मट्टीतेलमा डुबाएर नष्ट गर्नुपर्दछ । परम्परागत विधिको रूपमा खरानीमा धुलो कीटनाशक विषादी मिसाएर बोटमा छर्न सकिन्छ भने किराको जनसंख्या घटाउन बोटको फेद वरिपरि कडा कीटनाशक छर्कनाले माटोमा रहेका प्युपाहरू वयस्क हुनुअघि नै मर्छन् । जैविक वा प्राङ्गारिक नियन्त्रणका लागि निमजन्य विषादी जस्तै निमराज वा मल्टिनिम १० मिलिलिटर प्रति लिटर पानीमा मिसाई ७-७ दिनको अन्तरालमा तीन पटकसम्म छर्नुपर्दछ ।

यदि रासायनिक विधि अपनाउनु परेमा मालाथियन वा साइपरमेथ्रिन समूहका विषादी २ मिलिलिटर प्रति लिटर पानीमा मिसाएर छर्न सकिन्छ । रातो खपटेले माटोमा फुल पार्ने र यसका लार्भाले माटो मुनि रही जरामा नोक्सानी गर्ने भएकाले बिरुवा २-४ पाते भएपछि प्रति बोट १ ग्रामका दरले कार्बोफ्यूरान माटोमा राखी हल्का सिँचाइ गर्दा यसको प्रकोपलाई थप न्यूनीकरण गर्न सकिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?