रातो खपटे कीरा नियन्त्रणका उपायहरू

काक्रा तथा फर्सी बर्गका तरकारीहरुमा रातो खपटे किराले सारै नै दुख्ख दिने गर्दछन । वयस्क खपटे चम्किलो ईँट रङ्गको पखेटा भएको र शरीरको तल्लो भाग कालो हुन्छ । यस कीराको आक्रमणले पातमा प्वालहरू बनाइ क्षति पु¥याउँदछ । यस कीराले पातको तल्लो सतह कोत्रेर खान्छ ।

रातो खपटे कीराका नियन्त्रणका लागि :

• बिहान उठेर यस किराको संकलन नेट वा हातको सहायताले गर्ने अनि मट्टीतेलमा डुबाएर मार्ने ।

• खरानीमा धुलो किटनाशक बिषादी मिलाएर छर्ने ।

• बोटको फेद ओरिपोरी कडा किटनाशक बिषादी छर्कने जस्ले गर्दा यसको प्युपा फुल पर्नु अघि नै मर्न सक्छ र यसको जनसंख्या मा नियन्त्रण हुन सक्छ ।

• प्रांगारिक बिषादीमा निमजन्य विषादि निमराज वा मल्टिनिम १० मि.लि. १ लिटर पानीमा मिसाइ ३ पटक ७-७ दिनको फरकमा छर्नु पर्दछ अथवा रासायनिक बिधिमा मलथियन वा साइपरमेथ्रिन समुह को बिषादी २ मि लि प्रति लिटर पानीमा मिसाई छर्ने ।

• रातो खपटेले माटोमा फुल पार्ने र लार्भाले माटो मुनी रही जरामा नोक्सानी गर्ने भएकोले काक्रो गर्न २–४ पात भए पछि कार्बाेफ्यूरान १ ग्रामका दरले बोटको मुन्तिर माटोमा राखी हलुका सिँचाइ गर्नु पर्दछ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments