आजको मौसमः मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

भारी वर्षा

काठमाडौं : हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एकदुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मंगलबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?