तरकारी खेतीमा राताे मकुरा ( Red Spider Mite)काे राेकथामका उपायहरू

ब्यवसायिक गाेलभेडा खेती लगायत अन्य तरकारी खेती जस्तै काँक्रो; लौका; घिरौला; करेला आदि बालीहरुमा राताे मकुरा ( Red Spider Mite)अहिले ठूलाे समस्याका रूपमा देखा परेकाे छ । याे समस्या प्रत्येक बर्ष बढ्दै गईरहेकाे छ ।

बिगत केही बर्ष देखि याे समस्या काठमाडौं ,भक्तपुर ,ललितपुर र काभ्रे जिल्लाकाे धेरै जसाे ब्यवसायिक गाेलभेडा र काँक्रो खेती गरेका ठाउँहरूमा याे ठूलाे समस्याकाे रूपमा देखा परिसकेकाे हुँदा सबै किसानहरू यश तर्फ समयमा नै ध्यान दिनु आवश्यक छ ।

लक्षणहरू :

• पातकाे माथिल्लाे सतहमा मसिना सेताे टीका टीका देखिने,

• पातकाे पछिलाे भागमा मसिना भिका राताे खालका किरा हिड् डुल गरेकाे देखिन्छ,

• धेरै नै प्रकोप भएको ठाँउमा जालो प्रष्ट रूपमा देखिन्छ,

• ह्यान्ड लेन्सकाे साहायताले हेरेकाे खण्डमा प्रष्ट रूपमा ८ वटा खुट्टा भएकाे राताे खालकाे मकुरा र स साना मकुराका पर्दर्शी अण्डा देखिन्छ,

• पातकाे हरितकण याे किराले पूर्ण रूपमा खाई दिन्छ । जसले गर्दा पातमा हल्का स -साना सेताे छिद्र पातकाे सतह भरी हुन्छ । पात सेताे जस्ताे देखिन्छ,

• याे किरा धेरै भए पछि फुल झर्ने, फुलमा फल नलाग्ने र बाेट र फलकाे पूर्ण रूपमा वृद्धि राेकिने हुन्छ ।


राेकथामका उपायहरू:

• याे राेग कम गर्न जग्गा तयारी गर्ने बेला देखि ध्यान दिनु पर्छ। जग्गा तयारी गर्दा टनेल वरिपरिका सम्पूर्ण झारपात नस्ट गर्नु पर्छ ।

•बिरुवा सारेकाे ३-४ दिन पछि निम=२ एम.एल + ल्वाङकाे तेल=१ एम. एल + स्टीकर=०.५ एम.एल प्रति लिटर पानीमा मिसाएर बिहान ८-१० बजे कि साँझ २-५ बजे सम्ममा बिरुवा भिज्ने गरि फेद देखि टुप्पाे सम्म स्प्रे गर्नु पर्दछ । याे प्रत्येक १०-१५ दिनकाे फरकमा स्प्रे गर्दा पनि कम गर्न सकिन्छ ।

वा

• याे किराकाे राेकथामकाे लागि ओमाईटस(Omite)=२ एम.एल+ निम=२ एम.एल+ स्टीकर=०.५ एम. एल प्रती लिटर पानीमा मिसाएर १० -१५ दिनकाे फरम समय समय छर्नु पर्दछ ।

वा

• ओमाईटस=२ एम.एल+ Abmec 3.6=०.५ एम.एल + स्टीकर=०.५ एम. एल प्रती लिटर पानीमा मिसाएर १० -१५ दिनकाे फरकमा समय समय छर्नु पर्दछ ।

थप जानकनरीकाे लागि किसान केयरका कन्सलटेन्ट सँग परामर्श लिन तल दीइएको नम्बरमा सम्पर्क गर्नु हुन अनुराेध गर्दछौं ।
सम्पर्क न : 9851321737

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments