कृषिजन्य वस्तु : पूर्वीनाका काँकडभिट्टा भएर निर्यातभन्दा बढी आयात

अलैँची

झापा: पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु आठ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने रु सात अर्ब ४१ करोड ८९ लाख तीन हजार बराबरको वस्तुको निर्यात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

सबैभन्दा बढी रु तीन अर्ब ९५ करोड ९६ लाख ४० हजार बराबरको ८०० मेट्रिक टन अलैँची निर्यात भएको छ । कार्यक्रममा नेपालमा उत्पादित अलैँची भारत, बङ्गलादेश र रसिया निर्यात भएको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले जानकारी दिए।

उनले यो नाका भएर दोस्रोमा चिया, तेस्रोमा मुसुरो दाल, अम्लिसो, अदुवा, जडीबुटीजन्य पदार्थ, प्लाइउड, तोरीको पिना, वन लसुन बढी मात्रामा निर्यात भएको बताए ।

संरक्षण अधिकृत साहुका अनुसार आयात हुनेमा सबैभन्दा बढी भटमासको सोयाविन रहेको छ । बङ्गलादेशबाट रु तीन अर्ब ८० करोड ७७ लाख ७५ हजार बराबरको ७० मेट्रिक टन सोयाविन आयात भएको छ । भटमासको सोयाविन पशुजन्य आहारामा बढी प्रयोग हुँदै आएको उनले जानकारी दिए।

उनले चालु आव २०७८-७९ को जेठ मसान्तसम्ममा खाद्यान्न रु ९८ करोड ४३ लाख ६९ हजार, दलहन (गेडागुडी) रु एक अर्ब ३३ करोड ८१ लाख १४ हजार, ताजा तरकारी रु १४ करोड ७१ लाख ९० हजार, ताजा फलफूल रु ४७ करोड ७७ लाख २२ हजार, मसलाजन्य वस्तु रु एक अर्ब बढीको आयात भएको बताए। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?