लोकल बन्दा प्रतिकेजी ४५,भिण्डी ५५, भुई कटहर प्रति गोटा २१०,लसुन हरियो १६५,हरियो धनिया ४००

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ९५ रुपैयाँ,अनार मूल्य ३१० रुपैयाँ, अमला प्रतिकेजी ७५ रुपैयाँ,किवि ५७५,डल्लेच्याउ ३७५,आलु रातो प्रतिकेजी मूल्य ६१ रुपैयाँ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ५०० रुपैयाँ,गुन्दुक २७५,अकबरे खुर्सानी हरियो ९६ रुपैयाँ ६७ पैसा,स्थानीय काउली ८६ रुपैयाँ ६७ पैसा,काक्रो(लोकल) ७५ रुपैयाँ, गोलभेडासानो(लोकल) ३२ रुपैयाँ ५० पैसा,गोलभेडा ठूलो(भारतीय) ५२ रुपैयाँ ५० पैसा,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,गाजर(लोकल) ११० रुपैयाँ,कागती प्रतिकेजी २५६ रुपैयाँ ६७ पैसा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी २२५ रुपैयाँ,लोकल नासपाती ८६ रुपैयाँ ६७ पैसा,केरा प्रतिदर्जन १२६ रुपैयाँ ६७ पैसा,रातो बन्दा ११० रुपैयाँ,घिउ सिमी(लोकल) ६५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ६५ रुपैयाँ, ब्रोकाउली २३३ रुपैयाँ ३३ पैसा,तरबुजा(हरियो) ५५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २३५ रुपैयाँ,ताजा माछा(रहु) ३०५ रुपैयाँ,भेडे खु्र्सानी ५६ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments