आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

भारी वर्षा

काठमाडौं :हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक÷दुई स्थानहरूमा मेघ गर्जनचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments