आहाराको अभावमा मरे चौँरी र नाउर

जाजरकोट: उपल्लो डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको माथिल्लो भागमा चौँरी, नाउर मरेको फेला परेका छन् ।

सेतक चिनी सङ्कलन कर्ताले चौँरी, नाउरलाई घाँस खाना नदिएर हिमालतिर लखेटेपछि आहाराको अभावमा चौँरी, नाउर मरेको शे फोक्सुण्डो गाउँपालिका –८ का पेम्बा गुरूङले जानकारी दिए ।

चरिचरणका लागि जङ्गलमा छाडिएका चौँरीलाई हिमालतिर लखेट्दा हिमालमा हिउँका कारण आहारा नपाएर चौँरी र नाउर मरेको उनको भनाइ छ। आफ्नो मात्र सात वटा चौँरी मरेको उनले बताए ।

यहाँका स्थानीयवासीले पालन गर्दै आएका धेरै चौँरी मरेको उनले जानकारी दिए। चौँरी खोज्दै जाँदा शे फोक्सुण्डो गाउँपालिका–८ सागबारी (मान्नागखिया)मा चौँरी मरेको फेला परेको पीडित किसानले बताएका छन्। घाँस पाइने ठाउँमा चरिचरण गर्न नदिने र हिमालमा हिउँका कारण घाँस नपाउने भएपछि चौपाया मरेको स्थानीयवासीले बताए ।

केहीले सेतक चिनी खाएर पनि मरेको बताएका छन्। जथाभावी सेतक चिनी सङ्कलन गरेर जनावरलाई चरिचरण क्षेत्र नै सखाप पार्ने अवस्था अन्त्य गर्नुपर्ने स्थानीय अनुगबहादुर लामाले बताए। चरिचरण क्षेत्र मास्दै जाने हो भने चौपायपालनमै समस्य हुने उनको भनाइ छ ।

उपल्लो डोल्पामा ढुवानी र दूधका लागि चौँरीपालन गरिन्छ। मासु र कपडा निर्माणका लागि भेडाच्याङग्रापालन हुँदै आएको छ। नाउर हिउँ चितुवाको मुख्य आहारा हो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?