घन्टीले समानुपातिकमा १ लाख मत कटायो, एमाले पहिलो

काठमाडौँ :

प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ ।पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २ लाख २० हजार ५१७ मत प्राप्त गरेको छ ।

त्यस्तै कांग्रेसले १ लाख ९७ हजार ५४३ मत प्राप्त गरी दोस्रोमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा समानुपातिकमा १ लाख १ हजार ५४३ ल्याएको छ ।

माओवादी केन्द्रले ९१ लाख ९५५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१ हजार ७८८, जनता समाजवादी पार्टी, नेपालले १६ हजार ८४८, जनमत पार्टीले १६ हजार १७१, नेपाल मजदुर किसान पार्टीले १३ हजार ६१५ नेकपा (एकीकृत समाजवादी)ले ११ हजार ९५२, नागरिक उन्मुक्ति पार्टीले १० हजार २२६ र अन्यले ४५ हजार ९७८ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments