आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ
काठमाडौं: हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।देशको पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै आज रातीप्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ मंसिर ०८ गते (बिहीबार)
दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: देशभर मौसम सामान्यतया सफा रहनेछ।
२०७९ मंसिर ०९ गते (शुक्रबार)
दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ।
राती: देशभर मौसम सामान्यतया सफा रहनेछ।
