आगलागीमा घर गोठ नष्ट

ढोरपाटन:बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा आगलागी हुँदा घर गोठ जलेर नष्ट भएको छ । गए राति स्थानीय वीरबहादुर घर्ती मगरको घर गोठमा आगलागी भएको हो । आगलागीमा मानवीय क्षति भने भएको छैन ।

आगलागीमा दुई घरगोठसहित पसल, ४५ हजार नगद, दुई तोला सुन, चौपाया, खाद्यान्न जलेर नष्ट भएको ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार लागलागीबाट २५ लाख बराबरको क्षति भएको छ । राति खाना खाएर चुलोमा पानी बसालेर छिमेकीको घरमा गएको बेला अचनाक आगलागी भएको घर्तीको भनाइ छ ।

आगो घर गोठ सबै जलेर नष्ट भएपछि आफैँ नियन्त्रणमा आएको उहाँले बताउनुभयो । अग्निपीडित अहिले आफन्तकोमा आश्रय लिएको घर्तीको भनाइ छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments