मलखादको समस्या समाधान गर्ने मन्त्री साहको प्रतिबद्धता

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

वीरगञ्ज:कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले मलखादको समस्या दीर्घकालीनरुपमा समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।

पर्साको वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको आज निरीक्षणपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले बर्सेनि हुने मलखादको समस्या सरकारले गम्भीरतापूर्वक लिएको र यसको दीर्घकालीनरुपमा समाधानका लागि नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

किसानलाई समयमै मलखाद्य, बीउबिजन र कृषि उपकरण उपलब्ध गराउन सरकारले ठोस योजना बनाइरहेको उल्लेख गर्नुहुँदै मन्त्री साहले परम्परागत कृषि प्रणालीमा सुधार ल्याउनुपर्ने औँल्याउनुभयो ।

किसानलाई मल अभाव हुन नदिन कम्तीमा छ महिनासम्मका लागि माग धान्ने गरी व्यवस्थापन गर्न कर्मचारीलाई निर्देशन दिनुहुँदै उहाँले मलखादको अभाव हुन नदिन समयमै मल खरिद प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो ।

मन्त्री साहले वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा पुगेर मलको अवस्था, कर्मचारीको नियमिततालगायतका विषयमा छड्के अनुगमन गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?