नेपालमा पालिने स्थानीय र उन्नत जातको भैंसीहरू
भैंसीका जात
१. लिमे भैंसी
उत्पत्ति :गण्डकी प्रदेशको कास्की, स्याङ्जा, पर्वत, बागलुङ तनहुँ र लमजुङमा बढी संख्यामा रहेको
विशेषताहरू
– स्थानीय भैंसी मध्ये सबैभन्दा सानो जातको भैंसी हो ।
– यसको सिङ घांटी तिर घुमेको हँसिया आकारको भैंसीको शारीरिक तौल औसत ३१० देखि ३१५ के.जी र यसको प्रतिबेत दूध उत्पादन १०४८ लिटर
– यो भैंसीको देशको सीमित क्षेत्रमा मात्र पालन गरिने भएकोले यसको क्षमता अनुसार संरक्षणका लागि ध्यान पुर्याउन आवश्यक छ।
२. पार्कोटे भैंसी
उत्पत्ति :यो जातको भैंसी मध्य पहाड देखि उच्च पहाडमा
पाइन्छ ।
विशेषताहरू :यसको रङ कालो हुन्छ । तर कहिंकहीं खैरो र हल्का खैरो रङमा पाइन्छ । अनुहार लाम्चो, टाउको चेप्टो, सिंङ तरवार आकारको र शारीरको पछाडी भागतिर फर्केको हुन्छ ।
दूध उत्पादन प्रतिबेत १००० लिटर हुन्छ ।
३. गड्डी भैंसी
उत्पत्ति : सुदूरपश्चिम प्रदेश पहाडी भेगमा भएको हो ।
विशेषताहरू :
रङ कालो र निधारमा सेतो थोप्ला तारो भएको कहिकतै खैरा र फिक्का रङको लामो अनुहार फराकिलो निधार र टाउको, सिङ लामो अर्ध घुमाउरो, पूर्ण विकसित फाँचो, दूधका नसा स्पष्ट देखिने हुन्छ ।
औसत शारीरिक तौल ४५२ के.जी. दूध उत्पादन दैनिक ३.५ लिटर पाइन्छ ।
यसको संख्या घट्दो अवस्थामा रहेकाले संरक्षणमा ध्यान दिन आवश्यक छ।
उन्नत जातको भैंसी:-
मुर्रा भैंसी
उत्पत्ति : भारतको हरियाणामा
विशेषताहरू :रङ निक्खर कालो शरिर,लामो घाँटी, छोटा नजिकैबाट घुमेका कसिएको सिङ, राम्रो विकसित भएको फाँचा लामो पुच्छर र पुच्छरको बीचमा सेतो फुको | शारीरिक तौल ४५० देखि ५०० के.जी र प्रतिबेद औसत दूध उत्पादन १५०० देखि २५०० लिटर हुन्छ ।