जहाँ बस्ती छ त्यहीँबाट डढेलो

दमौली:गर्मीयाम सुरु भएसँगै तनहुँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम सुरु भएको छ । जहाँ मानिसको बस्ती छ त्यहीबाट डढेलो लाग्ने गरेको तनहुँ डिभिजन वन कार्यालयले जनाएको छ ।

जिल्लाको व्यास नगरपालिका, देवघाट र आँबुखैरेनी गाउँपालिकाका सामुदायिक वनमा डढेलो लाग्न थालेको उक्त कार्यालयका प्रमुख कोमलराज काफ्ले बताउनुहुन्छ । “जहाँ जहाँ वनमा डढेलो लागेको छ, त्यो डढेलो बस्ती भएको ठाउँबाटै सुरु भएको देखिन्छ”, उहाँ भन्नुहुन्छ, यसको अर्थ मानिसले जथाभाबी रुपमा डढेलो लगाइरहेका छन्।”
“डढेलो लाग्न नदिन सचेतनामूलक कार्यक्रमका साथै प्रचारप्रसार गरिए पनि नियन्त्रण गर्न सकिएको छैन ।

यसका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घलगायतलाई पनि आग्रह गर्दै आएका छौँ तर स्वयं व्यक्ति सचेत नभएसम्म पूर्णरुपमा रोकथाम गर्न सकिँदैन छैन,” कार्यालय प्रमुख काफ्ले भन्नुहुन्छ, “सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा पनि सल्किने गरेको छ ।”

मानिसहरुले घर नजिकैको स्थानमा गाईबाख्राका लागि घाँस पलाउँछ भन्दै आगो लगाइदिने गरेका छन् । सोही आगो नजिकैको वनमा सल्किँदा डढेलोको रुप लिने गरेको छ । जिल्लामा त्यति ठूलोरुपमा डढेलो नलागे पनि फाटृफुटृरुपमा आगो लाग्ने क्रम जारी छ । वन कार्यालयका कर्मचारीले आगो लगाउँदै गरेको अवस्थामा केही व्यक्तिलाई भेटेर सम्झाउँदै पनि आएका छन् ।

“दुई दिन पहिला एक ८१ वर्षीय वृद्धले घर नजिकै पातपतिङ्गर जलाउँदै गरेको भेट्याँै र उहाँलाई तत्कालै सम्झायाँंै,” उहाँ भन्नुुहुन्छ, ‘‘वनको डढेलो हामी सबैको साझा चुनौती भएकाले सबै मिलेर यसको सामना गर्नुपर्छ ।
वन डढेलोले तापक्रम बढाउनुका साथै वन्यजन्तु तथा वनस्पतिको वासस्थान नष्ट गर्नाका साथै माटो नाङ्गो र कमजोर बनाइ भलको बहाव र गति बढाएर भूक्षय, बाढिपहिरो, डुबानजस्ता प्रकोप भएर धन,जन र सम्पदामा पनि क्षति पु¥याउँछ ।

वन कार्यालयले जिल्लाका आठ वटै सवडिभिजनमार्फत् सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ । जिल्लाका दशवटा स्थानीय तहमा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, छ धार्मिक वन छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?