मकै बालीमा खुम्रे कीरा पहिचान,क्षतिको लक्षण र व्यवस्थापन विधि जानिराखौ

खुम्रे कीरा(White grub)
पहिचान

खुम्रे खपटेहरू विभिन्न रङका | हुन्छन् लाभ्रेहरूको टाउको खैरो | रङको र शरीर सेतो रङको हुन्छ छोइदियो भने बटारिएर बस्छ ।

क्षतिको लक्षण

यिनीहरूले माटो भित्रै बसी जराहरू खान्छन् जसले गर्दा । बिरुवाहरू बढ्न सक्दैनन् मर्दछन् । मर्न लागेको बिरुवा उखलेर हेर्दा जराहरू सबै खाएको पाइन्छ ।

व्यवस्थापन विधि  
• खेतबारीलाई गहिरो गरेर जोती दिनाले यी कीराहरू सूर्यको तापले गर्दा मर्दछन् साथै परजीवी एवं चराहरूले खाईदिन्छन् ।

• काँचो गोवर मल प्रयोग नगर्ने । 

• खपटे माउलाई बिजुली बत्तीको पासोमा आकर्षण गरी मार्ने

• १ के. जी. प्रति रोपनीका दरले दानामा उत्पादित हरियो ढुसी
(Metarhizium anisopliae) मकै छर्ने समयमा लाइनमा छर्ने ।

• क्लोरपाइरीफस (जस्तै डर्सवान १०%) विषादी १ के. जी. वा क्लोरान्ट्रानिलिप्रोल ०.४% जी आर (जस्तै फरटेरा) प्रति रोपनीका दरले मकै छर्नु भन्दा अघि छर्ने ।

 

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments