उच्च तापक्रमले मकै उत्पादन घट्ने

चितवन:जिल्लामा यसवर्ष मकै उत्पादन ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ । लामो समयदेखि परेको खडेरीका कारण उच्च तापक्रम हुँदा उत्पादन घट्ने भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ ।

लामो समय पानी नपर्दा मकैका बोट सुकेका छन् । केन्द्रका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार जिल्लामा छ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा मकैको खेती गरिएको छ । सिँचाइको व्यवस्था नभएको र उच्च तापक्रमका कारण पराग कण नष्ट हुँदा उत्पादन घट्ने उहाँको भनाइ छ ।

गत वर्ष जिल्लामा २६ हजार चार सय ७४ मेट्रिकटन मकै उत्पादन भएको थियो भने यो वर्ष उत्पादन १८ हजार पाँच सय ३१ मेट्रिक टनमा सीमित हुने केन्द्रको अनुमान छ ।

जिल्लामा रामपुर कम्पोजिट, सिपी र श्रेष्ठ जाताका मकै लगाइँदै आएको छ । भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिकामा मकै खेतीका लागि उपयुक्त क्षेत्र मानिन्छन् ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments