कृषकका गोलभेँडा बजार पु¥याइदिँदै कटारी नगरपालिका

कटारी: उदयपुरको कटारी नगरपालिकाले नगरका कृषकहरूले उत्पादन गरेको गोलभेँडा बजारमा पु¥याइदिने गरेको छ । नगरको वडा नं ११ मा उत्पादित गोलभेँडाले बजार नपाएपछि नगरपालिकाको सवारी साधन मिनी ट्रकले कृषकहरूको गोलभेँडा बजारसम्म पु¥याइदिने गरेको हो ।

नगरपालिकाको मिनी ट्रकले कोशी प्रदेशका साथै बागमती प्रदेशको सिन्धुली, मधेस प्रदेशको सिरहासम्म लगेर कृषकहरूको गोलभँेडा बिक्री गरिदिने गरेको छ । “नगरपालिकाले ढुवानी गरिदिएर बजारसम्म पु¥याइदिन थालेका छौँ”, नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले भन्नुभयो, “कृषकहरूको उत्पादनलाई बजार नपाएपछि नगरपालिकाले नै बजारसम्म पु¥याउन थालेका हौँ ।”

कटारी नगरपालिका–११ मा वडाका एक सय ५० परिवारले गोलभेँडाको खेती गरेका छन् । वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा चार सय रोपनीभन्दा बढी जग्गामा खुलारूपमा र चार सय टनेलमा गोलभँेडा उत्पादन गरिएको छ । उक्त वडामा मात्रै यस वर्ष ५० टनभन्दा बढी गोलभँेडा उत्पादन भएको गोलभँेडा सङ्कलन केन्द्रका नुजराज कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार केन्द्रले जस्ताको छानो भएको भवनमा गोलभेँडा सङ्कलन गर्ने गरेको छ । सङ्कलन केन्द्रमा राखिएको गोलभेँडा नगरपालिकाले कटारी बजार, सिन्धुलीको दुधौली, सिरहाको गोलबजारसम्म लगेर बिक्री गर्ने गरेको छ ।

नगरपालिकाले गोलभेँडा बजारसम्म पु¥याइदिएपछि कृषकहरूलाई ठूलो राहत मिलेको वडाध्यक्ष हायु बताउनुहुन्छ । “बारीमै सडेर जाने अवस्थामा पुगेको थियो, नगरको पहलमा बजारसम्म पु¥याउँदा पनि ठूलो राहत भयो । वडाको गोलभेँडा ओखलढुङ्गा, सोलुखुम्बु, जिल्लाकै कटारी बजार, गाईघाट, सिन्धुलीको दुधौली र सिरहाको गोलबजार, धनकुटासम्म लगेर बिक्री गर्ने गरिएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments