आठ कृषि फार्मलाई राहत वितरण गर्ने

बागमती: बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकलाई रु ५४ लाख राहत वितरण गर्ने शुक्रबार निर्णय गरेको छ ।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशको विभिन्न स्थानका आठ कृषि फार्मलाई रु ५४ लाख राहत प्रदान गर्ने निर्णय गरेको सो मन्त्रालयले जनाएको छ । प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विपद्को समयमा क्षति पुगेका आठ कृषि फार्मलाई राहत प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० को वार्षिक एकीकृत कार्यक्रमअनुसार आपत्कालीन र आकस्मिक रोग तथा क्षति न्यूनीकरण कार्यक्रमअन्तर्गत राहत वितरण कार्यविधि २०७९ बमोजिम राहत प्राप्त गर्न इच्छुक कृषकबाट गत मङ्सिर महिनादेखि आवश्यक कागजात माग गरिएको थियो ।

सो मागबमोजिम आवेदन प्राप्त भएका ४० कृषकमध्ये आठ कृषि फार्मलाई राहत प्रदान गर्ने छनोट भएको मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले जानकारी दिनुभयो ।

बैठकले राहतका लागि छनोट भएका कृषि फार्ममा नोवेल कृषि फार्म धुलिखेल, हाम्रो माझीफेदा पशुपालन तथा कृषि फार्म चौरी देउराली, दाजुभाइ एकीकृत बहुद्देश्यीय कृषि फार्म पनौती, गैरी गाउँ कृषि तथा पशुपन्छी फार्म पनौती, टिमभिजन एग्रीकल्चर फार्म पनौती, श्रेष्ठ बङ्गुर फार्म पनौती, एसएस बङ्गुर माछा तथा कृषि फार्म बनेपा, तथा उभौली हाम्रो बङ्गुर फार्म पनौती रहेका जनाइएको छ ।

छनोटमा बाँकी रहेका ३२ आवेदकको आवश्यक कागजात नुगेकाले छानबिन गरी अर्को बैठकबाट निर्णय गरिने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?