किसानलाई अनुदानमा उन्नत जातको ‘व्याड’ बोका वितरण

बोयर बोका

गोरखा: गोरखाको पालुङटार नगरपालिकाले नगरपालिकाभित्र नश्ल सुधारमार्फत मासु उत्पादन वृद्धि गर्न किसानलाई अनुदानमा ‘बोयर’ जातका ब्याड बोका वितरण गरेको छ ।

मासुमा नगरपालिकालाई आत्मानिर्भर बनाउन प्रयास गर्दै आएको पालुङटारले बाख्रामा नश्ल सुधार गर्दै मासु उत्पादन वृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यसहित व्यावसायिक बाख्रापालक किसानलाई उन्नत जातको व्याड बोका वितरण गरेको नगरपालिकाका पशुशाखाका पशुचिकित्सक डा मरहट्टाले जानकारी दिनुभयो ।

“नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउनका लागि नश्ल सुधारमा जोड दिनु आवश्यक छ”, उहाँले भन्नुभयो, “हामीले व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका किसानलाई छनोट गरेर ५० प्रतिशत अनुदानमा बोयर जातको ब्याड बोका वितरण गरेको हो ।” नगरपालिकाले मापदण्ड पूरा भएका २७ वटा बाख्रा फार्मलाई ब्याड बोका वितरण गरेको उहाँको भनाइ छ ।

व्यावसायिक बाख्रा फार्म सञ्चालन गर्दै आएका किसान खोरमा कम्तीमा १५ वटा बाख्रा भएको हुनुपर्नेलगायतका मापदण्ड बनाएर ब्याड बोका वितरण डा मरहट्टाले जानकारी दिनुभयो । “निवेदन दिएका किसानको घरघरमा पुगेर अनुगमन गरी आवश्यकता बुझेर मात्र ब्याड बोका वितरण गरिएको हो”, उहाँले भन्नुभयो, “किसानले खोरमा बाख्रा भए नभएको घाँसको अवस्था कस्तो छ, बाख्रापालनका लागि खोरको बनावटलगायका सबै कुराको अध्ययन गरेर अनुदान उपलब्ध गराइएको छ ।

छनोटमा परेको किसानबाट नै समिति बनाएर समितिमार्फत नै बोयर बोका खरिद गरेर ल्याएर वितरण गरेको डा मरहट्टाले जानकारी दिनुभयो । “हामीले खरिद गर्नुभन्दा उहाँहरु २७ जनामध्येबाट एउटा समिति बनाइयो”, उहाँले भन्नुभयो, “समितिले उपयुक्त छ भनेपछि आवश्यक प्रक्रिया पूरा गरी ब्याड बोका ल्याएर वितरण गरेको हो ।”

किसानलाई अनुदानमा वितरण गरिएको बोयर जातको बोका ८५ प्रतिशतदेखि ९७ दशमवल छ प्रतिशत रहेको पालुङटार नगरपालिका पशु चिकित्सक डा मरहट्टाले बताउनुभयो । उहाँले किसानलाई अनुदानमा उन्नत जातको बोका वितरण गर्दा कम्तीमा पाँच वर्षसम्म बिक्री वितरण गर्न नपाउने गरी सम्झौतासमेत गरेको जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?