चट्याङ लागेर एकको मृत्यु, छ बाख्रा मरे

डोटी: डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बडिकेदार गाउँपालिका–५ दुदीलागाउँमा चट्याङ लाग्दा स्थानीय ६६ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको प्रहरी चौकी खड्यौलीका ईन्चार्ज भष्करदत्त पन्तले जानकारी दिनुभयो ।

आज दिउँसो २ बजेतिर घरको ढोका लगाउने क्रममा चट्याङ लाग्दा बोहराको मृत्यु भएको निजका छोरा सुरेश बोहराले जानकारी दिनुभयो । चट्याङका कारण सोही गाउँका डम्मरसिंह बोहराका छ वटा बाख्रा मरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?