कतै धान रोप्दै कतै पाक्दै [ फोटो फिचर ]
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. २ अर्चले र पाँचखाल नगरपालिका वडा नं. २ गैरीको संगमस्थलमा रहेका खेतमा कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको वर्षे धानको हरियाली को सुन्दर दृश्य ।

धान रोप्दै किसान
काभ्रेपलाञ्चोकको पाँचखालस्थित समाजकल्याण नजिकैको खेतमा धान रोप्दै किसानहरु । पाकेको मकै घर भित्र्याएसँगै यहाँका किसानहरु धान रोप्न व्यस्त छन् ।
तस्बिरः पेमा लामा/रासस

चैते धान स्याहार्दै किसान
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं. २ गैरीमा पाकेको चैते धान काटेर स्याहार्दै किसान । तस्बिरः पेमा लामा/रासस
