किसान आवाज : पोखरामा कृषिको बजेट बालुवामा पानी खन्याए जस्तै

पोखरा: कृषिको बजेट पोखरा १३ (आर्वा )मा बालुवामा पानी खाएजस्तै भएको छ।यहाँ करिब ७/८ वटा कृषक समुह , ३/४ वटा सहकारी, केही कृषि सम्बन्धी संस्थाहरु सकृय छन्।
मेरो अनुमानमा यहाँका किसानहरूका टनेल पुर्ण रुपमा खेती गर्न सकेमा मात्र न्यूनतम दैनिक ५०० केजी माथि तरकारी उत्पादन हुन पर्ने हो ।
सामान्य मेहेनतमा पनि कतिपय किसानहरूले सजिलै आफ्नो घर खर्च निकाल्न सफल भएका पनि छन् तर उनिहरु उत्पादन बजारमा पुर्याउन मेहेनत गर्नुपर्छ।
पोखरा महानगरपालिकाले कृषि एम्बुलेन्स सेवा सुचारु गरेको भएपनिमा आर्वामा भने यस सेवाको लाभ लिन सकेका छैनन्, औंलामा गन्न सकिने किसानले मात्र केही उत्पादन निकाल्न सकेका छन्, तर बजार मुल्य सजिलै पाउन कठिनाई भएको देखिन्छ । किसानहरूलाइ बजारका बिभिन्न तरकारी बेच्ने पसलहरुमा चाहार्दै उत्पादन बेच्न बाध्य भएका छन्।
यहाँका किसानहरू उत्पादन भन्दा पनि अनुदानको लागि कृषि सरोकारवाला निकायहरुमा धाएँका छन्। पोखरा महानगरपालिका कृषि विकास महाशाखा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ कास्की, कृषि ज्ञान केन्द्र कास्कीले वर्षेनी अनुदान वितरण गरे पनि त्यसको उपलब्धि केही छैन, मात्र किसानहरूको लागि यति अनुदान यो यो कार्यक्रम गरियो भनेर प्रतिवेदन बनाउन बाहेक उपलब्धि छैन।
कम्तिमा अनुदान लिने किसानहरू को मा ३/ ३ महिनामा अनुगमन गर्ने हो भने कि अनुदान लिने मात्र होइन उत्पादन गर्न पर्छ भन्ने थिए कि किसानहरू ले ।
अनुदान तालिमले मात्र पुग्दैन उनिहरुलाइ कृषिबाट पनि जिविकोपार्जन मात्र होइन आर्थिक बचत गर्न सकिन्छ भनेर सिकाउनेको कमि छ। यसको लागि किसानहरूको उत्पादनको बजार ग्यारेन्टी मात्र गर्न सक्ने हो भने साच्चै पोखरा महानगरपालिकाले एक वडा एक कार्यक्रम अन्तर्गत पोखरा १३ आर्वामा (तरकारी पकेट क्षेत्र) सफल हुन्छ नत्र हुदैन।
वर्षायाममा सिंचाईको अभाव नभएपनि हिउद लाग्ने बित्तिकै १०/१५ वोट बन्दा काउलीमा हाल्ने पानी को अभाव छ। के सिंचाई विना तरकारी उत्पादन हुन सक्छ कदापि सक्दैन, त्यसैले यस बारे पनि सम्बन्धित सरकारी निकाय ले ध्यान दिनुपर्ने देखिन्छ।
साथै आर्वाको वनजङ्गल नचाहिने बोटबिरुवा धेरै छ, त्यो नचाहिने बोटबिरुवा हटाउँदै वनजङ्गलमा कृषि पेशा गर्नेलाइ भाडामा वा सरकारले नै फर्म स्थापना गरेर बेरोजगारलाइ रोजगार दिन सक्छ भन्ने कुरा पनि ध्यान दिनुपर्ने देखिन्छ।
आर्वा मुख्य बजारको यति नजिक हुँदा, खेतियोग्य जमीन हुँदा पनि यहाँको वातावरण प्रकृति कृषिले फड्को मार्न सकेको छैन। फड्को मार्न नसकेकोमा सम्बन्धित सरोकारवाला निकायहरुलाई लाज लाग्छ कि लाग्दैन होला भन्ने प्रश्न सधैं मनमा छटपटी हुन्छ।
लेखक कृषक रोशन राज बराल ।