आज यी ठाउँमा चट्याङ सहित भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

चट्याङ

काठमाडौँ: लगातारको वर्षा शुक्रवार पनि जारी रहेन भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको र बाँकी क्षेत्रमा मध्यम खालको वर्षा हुने विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर  अर्थात् नेपाल निकट रहेको महाशाखाले जनाएको छ। अहिले गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा  हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी  प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ।

आज राति भने कोशी प्रदेश लगायत बागमती  र गण्डकी प्रदेशका पहाडी भू–भागका  केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी  प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments